पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण

पाेखरा | भदौ ३१, २०८१

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की निर्वाचित भएका छन् । 

 

प्यानल खडा गरेर नेतृत्व सम्हालेका अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेललाई ४ सय ५८ मतान्तरले पराजित गर्दै कार्की चुनिए ।

 

आइतबार साँझ भएको मतपरिणाम अनुसार कार्कीले कुल १ हजार ३ सय ३९ मत पाए भने,  पोखरेलले ८ सय ८१ मत प्राप्त गरेका थिए ।

 

शनिबार भएको मतदानमा कुल २२५१ मत खसेको थियो । यस्तै उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग (११ सय ७७ मत) निर्वाचित भए । उनले पोखरेल प्यानलका बालकृष्ण कोइराला (१ हजार ४७ मत )लाई हराए ।

 

यसैगरी, खुला १० सदस्यमा पोखरेल प्यानलबाट ८ जना निर्वाचित भए भने २ जना स्वतन्त्र उम्मेदवारी दिएका चुनिए ।

 

पोखरेलको प्यानलबाट देवेन्द्र प्रजू १५१६, ललितबहादुर कुँवर १५३९, सौगात थापा १४९४, दूधमान गुरुङ (आशीष) १४६८, भीम गौतम १४३९, टीकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) १३७५ निर्वाचित भए ।

 

यस्तै स्वतन्त्र उम्मेदवारी दिएका प्रदीपराज भण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मतसहित निर्वाचित भए ।

 

यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्